संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदै (लाइभ)

संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदै (लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफल हुने भएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुन थालेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत जेठ ७ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकी थिइन् । जसमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ३ सय ३५ वर्ग किलोमिटर भूभाग समावेश गरिएको थियो । नयाँ नक्सा जारी भएसँगै नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक दर्ता गरिएको हो ।

संविधान संशोधन गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन विधेयक गत जेठ ९ मा संसदीय सचिवालयमा दर्ता गराएकी थिइन् । भने जेठ १९ को प्रतिनिधि सभाको बैठकमा संशोधन विधेयक पेश गरिएको थियो ।

Logo