कतारमा नेपालीका चालिस वटा शव उद्दारको पर्खाइमा, दश वटाको उतै अन्तिम संस्कार गरिने

कतारमा नेपालीका चालिस वटा शव उद्दारको पर्खाइमा, दश वटाको उतै अन्तिम संस्कार गरिने

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल

दोहा कतार ।

कतारमा रोजगारीका लागि गएका नेपालीका ४० वटा शव उद्दारको पर्खाइमा रहेका छन् । १० वटा शवको भने कतारमै व्यवस्थापन गरिने बताईएको छ । आज भएको नेपाल पत्रकार महासङ्घ कतार शाखाको अन्तर्क्रिया कार्यक्रममा यसको जानकारी दिइएको हो ।

कोभिड-१९ को प्रकोपबाट उत्पन्न परिस्थिति, आवश्यकता र प्राथमिकताको आधारमा स्वदेश फिर्तीका सवालहरू तथा कतारमा कार्यरत आम नेपाली जनमानसमा व्याप्त समस्या, गुनासा र त्यसको यथोचित समाधान हुने हेतुले नेपाल पत्रकार महासङ्घ कतार शाखाले जुन ३ तारिख सुरु गरेको अन्तरक्रिया  कार्यक्रमलाई जुन ६ तारिखमा पनि  निरन्तरता दिएको छ । दोस्रो चरणमा भएको आजको अन्तरक्रिया कार्यक्रम जुन ३ तारिख भएको छलफलको को निचोडबाट सुरु गरिएको थियो।

छलफलमा प्रमुख वक्ताका रूपमा नेपाली दूतावास दोहा कतारका द्वित्तीय  सचिव प्रवीण भट्टराईको उपस्थिति रहेको थियो । त्यस्तै गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका मध्यपूर्व संयोजक प्रवीण गुरुङ र गैर आवासीय सङ्घ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको पनि उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासङ्घ कतार शाखाको तर्फबाट कार्यक्रममा  नेपाल फर्किन नपाएर कतारमा अलपत्र परेका नेपालीहरूलाई फर्काउन नेपाल सरकार र कतारको लागि नेपाली राजदूतावासबाट भएको पहलको  स्वागत पनि गरिएको थियो  ।

कार्यक्रममा बोल्दै एनआरएन कतार शाखाका अध्यक्षले नियमित उडान गरेर आफ्नै खर्चमा नेपाल जान चाहनेलाई त्यसरी जान दिन नहुने बिचार व्यक्त गरेका थिए ।  एकै पटक धेरै सङ्ख्यामा मान्छे नेपाल फर्कँदा नेपालमा क्वारेन्टाइन व्यवस्थापनको चाप बढ्ने र सरकारले त्यो सम्हाल्न नसक्ने भएका कारण अति आवश्यक परेकाहरू लाई मात्र नेपाल लैजानु पर्ने बिचार व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै आइसिसी गल्फ संयोजक प्रवीण गुरुङले गल्फ भरि अलपत्र परेका आप्रवासीहरूले आफूलाई सम्पर्क गर्न आग्रह गरेका थिए ।

त्यस्तै दूतावासका  दित्तीय सचिव प्रवीण भट्टराईले  दूतावास नाफा नोक्सानको व्यवसायमा नलागी बिसुद्द कूटनैतिक काममा लागिपरेको र नेपाली दाजुभाइलाई उद्धार गर्न जस्तोसुकै परिस्थितिमा पनि लागि पर्ने कुरा जनाएका थिए ।  उद्दारको कार्य निश्पक्षरुपमा गरिने प्रतिवद्दता जनाउदै  अहिले कतारमा चालिस जना नेपालीको शव उद्दारको पर्खाइमा रहेको र दश वटा शवको यहीँ अन्तिम संस्कार गर्ने अनुमति पनि पाइसकेको कुरा बताएका थिए ।

अबको समयमा दूतावासले आजाद भिसामा नेपालीहरू लाई ल्याएर अलपत्र पार्ने व्यवसायीहरू माथि कडा निगरानी राख्ने प्रतिवद्दता पनि जनाएका थिए । त्यसको लागि पत्रकारहरू र सामाजिक अगुवाहरूले सहयोग गर्नु पर्ने उनको जिकिर  थियो । पत्रकार महासङ्घ कतार च्याप्टर अध्यक्ष करीम बक्स मियाँले कार्यक्रम सञ्चालन गरेका थिए ।

Logo