काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये विदेशबाट स्वदेश फर्किएका आफ्नै खर्चमा बस्न चाहने नेपालीहरूका लागि सरकारले होटलको सूची सार्वजनिक गरको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो चरणमा उपत्यकाका ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो । जसमा चार तारेदेखि पर्यटकीयस्तरका होटल रहेका छन् ।
त्यस्तै देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सरकारसँग भाइरस पत्ता लगाउने पीसीआर किटको अभाव हुन थालेको छ । सरकारसँग अहिले १२ दिनलाई मात्र पुग्ने पीसीआर किट मौज्दात रहेको जनाइएको हो ।
सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने गरी योजना बनाइरहेको स्वास्थ्य विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कूल जनसंख्याको २ प्रतिशतलाई कोरोना परीक्षण गर्ने बताएका थिए । दुई प्रतिशतलाई परीक्षण गर्न आवश्यक किट लगायतका स्वास्थ्य सामाग्री अभाव हुन नदिने गरी व्यवस्थापन गर्न लागेको विभागले जनाएको हो ।
त्यस्तैगरी सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । जनस्तरबाट व्यापक विरोध हुन थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो । लकडाउनको मोडालिटीबारे उच्चस्तरीय समन्वय समितिले आवश्यक तयारी गरी रहेको छ ।
सरकारले प्रदेश नम्बर २ मा आगामी वर्षको बजेटमा कम बजेट विनियोजन गरेको सांसदले आरोप लगाएका छन् । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै समाजवादी पार्टीका सांसद प्रदिप यादवले सरकारले प्रदेश नम्बर २ लाई कम बजेट विनियोजन गरेको आरोप लगाएका हुन् । सांसद यादवले डा. युवराज खतिवडाले बजेट परिमार्जन नगरे सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी समेत दिएका छन् ।
पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया