‘अहिलेको सरकार वैधानिक सरकार हो’ : सुभासचन्द्र नेम्वाङ

‘अहिलेको सरकार वैधानिक सरकार हो’ : सुभासचन्द्र नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले अहिलेको सरकार वैधानिक सरकार भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता नेम्बाङले निर्वाचन आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक नगरुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधान अनुसार वैधानिक रहेको बताए ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारका कतिपय काममा स्वतः अवरोध सृजना हुन सक्ने नेता नेम्बाङको भनाइ छ । उनले हालको सरकारमा जस्तो सुकै काम गर्ने अधिकार रहेको पनि प्रष्ट पारेका छन् । उनले देश अब निर्वाचनमा गइसकेको पनि बताए ।

तिनकुनेस्थित रोयल बैंक्वेटमा भइरहेको भेलालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Logo