कतारमा रहेका नेपालीलाई राहत वितरण तिव्र, अब पर्खाइ उद्दारको

कतारमा रहेका नेपालीलाई राहत वितरण तिव्र, अब पर्खाइ उद्दारको

केन्द्रबिन्दु
0
Shares

दोहा, कतार ।

विश्वभर महामारीको रुपमा देखा परेको कोरोना भाइरसले कतारमा पारेको असर न्युनिकरणका लागि कतार सरकारले चालेको सावधानी तथा रोकथामका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्ने र पालना गर्ने गराउने कार्य तिव्र रुपमा अगाडी बढाइएको छ।

यसै क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेको खाद्यान्न समस्या समाधानका निम्ति कतार सरकारको निर्देशनमा कतार च्यारीटीमार्फत नेपाली समुदायको लागि प्राप्त राहत सामग्रीहरु नेपाली नियोगको संरक्षकत्वमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले उद्दार तथा राहत वितरण समिती गठन गरी वितरण गरीरहेको छ ।

संघले हिजो बिहीबार सम्ममा पन्ध्रौ चरणको राहत वितरण सम्पन्न गरिसकेको छ । पन्ध्रौं चरणमा ३०१ जनालाई वितरण गरेसँगै राहतबाट ३ हजार ५१४ जना नेपाली कामदारसम्म राहत सामग्री पुर्याइएको एनसिसि कतारका अध्यक्ष मोहमद मुक्तदाले बताए ।

पहिलो चरणमा वितरण गरिएको राहत कतार रेडक्रस, दोश्रो र तेश्रो चरणको रेडक्रसबाटै नेपाली नियोगलाई प्राप्त भएको एनसिसि कतारमार्फत वितरण गरीएको हो । चौथो, पाँचौ र छैटौं चरणका राहत एनसिसि कतारको श्रमिक कोषबाट, र सातौंबाट हालसम्म कतार च्यारीटिबाट प्राप्त सामग्री नै राहतस्वरुप एनसिसि कतारको संयोजनमा वितरण भइरहेको जानकारी कोभिड -१९, उद्दार तथा राहत वितरण समिती संयोजक उत्तम गुरुङले गराएका छन् ।

च्यारिटीबाट प्राप्त सामग्री प्रर्याप्त नरहेको हुँदा एनसिसि कतारलाई थप सहयोगको आवश्कता परीरहेको छ । यो अवस्थामा विभिन्न सहयोगीहरु थपिने क्रम बढेको छ । यसै क्रममा स्याङ्जा सहयोग समाज कतारबाट ३०० किलो चामल र १०० किलो दाल, झापाली समाज कतारबाट ३००, धराने आउटअफ धराने समुहबाट ३००, तमु समाज कतारबाट १५०, एनसिसि कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले १५०, एनसिसिका प्रथम उपाध्यक्ष तथा राहत वितरण संयोजक उत्तम गुरुङले १५० किलो चामल सहयोग गरीसकेको जानकारी कोभिड १९, उद्दार तथा राहत वितरण समितीका उपसंयोजक झविन्द्र आचार्यले गराएका छन् ।

राहत वितरण नेपाली दूतावासका प्रतिनिधी, गैरआवासिय नेपाली संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समितीका प्रतिनिधिहरु लगायत राहत तथा उद्दार समितीका सदस्यहरु विभिन्न संस्थाका प्रतिनिधि, पत्रकारका साथै अन्य सहयोगिहरुको रोहवर तथा सहयोगमा वितरण भइरहेको कुरा गैरआवासिय नेपाली संघ कतार का महासिचव पदम गिरीले जानकारी दिए ।

Logo