विदेशबाट फर्किएका नेपालीलाई टेलिकमले निःशुल्क सीमकार्ड दिने

विदेशबाट फर्किएका नेपालीलाई टेलिकमले निःशुल्क सीमकार्ड दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीमकार्ड उपलब्ध गराउने भएको छ।सरकारले विदेशका रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। उनीहरूलाई हवाई मार्ग र देशभर विभिन्न २० वटा नाकाहरू तोकेर नेपाल भित्र्याउने तयारी गरिएको छ।

यसरी भारतबाट स्वदेश फर्कनका लागि तोकिएको विभिन्न २० वटा नाकाहरूबाट आएका नेपाली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क सीमकार्ड दिन लागिएको एक विज्ञप्ती मार्फत कम्पनिले जनाएको छ ।

यसरी सीमकार्ड प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजातमध्ये कुनै एक उपलब्ध गराउनु पर्नेछ ।

विदेशबाट आउने उनीहरूसँग कुनै परिचयपत्र उपलब्ध नभएमा आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रको आधारमा पनि सीम उपलब्ध गराउने कम्पनिले जनाएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौं उपत्यकामा व्यवस्था गरेको होल्डिङ सेन्टरहरूमा नेपाल टेलिकमले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी नेपाल टेलिकमले गरेको छ।

Skip This
Skip This
Logo