काठमाडौं ।
उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुको संयुक्त रुपमा बसेको आकस्मिक बैठकमा आज देखि भएको लकडाउन उल्लंघनबारे कोरोना रोकथाम तथा उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय भएको छ ।
लकडाउनको ७३ औं दिन उपत्यकामा उल्लंघन हुँदै बजार खुल्न थालेपछि यसै विषयमा छलफल गर्नका लागि आज बैठक बसेको थियो ।
बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरु, सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । उनीहरुबीच भएको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।





























प्रतिक्रिया