लकडाउनको ७३ औं दिनमा आज बिहान ३ घण्टा खुले न्यूरोडका पसलहरु

लकडाउनको ७३ औं दिनमा आज बिहान ३ घण्टा खुले न्यूरोडका पसलहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसलहरु आजदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गरिएको बताए ।

उनले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाइएको समेत बताए । अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नु परेको बताए । उनले लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताए । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

पसल खुल्न थालेपछि केही ठाउँमा प्रहरीले बन्द गराउँदै हिडेको जानकारी आएको महासंघका अध्यक्ष कटुवालले बताए । उनले अब जसरी पनि पसल सञ्चालन गरिने बताए । बिहीबार न्युरोड, असन, भोटेबहाल लगायतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।

 

Skip This
Skip This
Logo