दैलेखको भैरवीस्थित क्वारेन्टाइनमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेखको भैरवीस्थित क्वारेन्टाइनमा खान नपाउँदा गाउँपालिका घेराउ

केन्द्रबिन्दु
0
Shares

दैलेख ।

दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन् ।

भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नु परेको जिकिर गरे ।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खान बस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टाइनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।रासस

Logo