आज काँग्रेस संसदीय दलको बैठक बस्ने

आज काँग्रेस संसदीय दलको बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यालयले एक विज्ञप्ती जारी गर्दै शुक्रबार दिउसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए।

काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

Logo