काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ।
आज अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ।
बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गरिने अर्थमन्त्रीले बताए । यस्तै सरकारले महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने बताएको छ ।































प्रतिक्रिया