घरेलु तथा साना उद्योगका लागि ५० अर्ब कोष स्थापना

घरेलु तथा साना उद्योगका लागि ५० अर्ब कोष स्थापना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले आगामी वर्षमा घरेलु तथा साना उद्योगमा काम गर्ने कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराइने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै पाँच प्रतिशत ब्याज उपलब्ध गराउनको लागि ५० अर्ब रुपैयाँको व्यवस्था गरिएको बताए ।

यसका लागि सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त भएको रकमलाई यो कोषमा राखिने भएको छ ।

Logo