काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्याइएको बताएका छन् । बिहिबार अागामी वर्षकाे बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
अर्थमन्त्री डा.खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताएका छन्। उनले कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि ,उपकरणका लागि पनि जोड दिने बताए । साथै अर्थमन्त्री खतिवडाले निरोगी अभियान सञ्चालन गर्ने पनि उल्लेख गरेका छन् ।





























प्रतिक्रिया