भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन

भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । लोकप्रिय रियालिटी शो ‘प्याते हुदुगीर हल्‍ली लाइफ सीजन-४’ जितेर चर्चित बनेकी अभिनेत्री मेबिना माइकलको दु: खद निधन भएको छ । २२ वर्षकी मेबिनाको मंगलबार सडक दुर्घटनामा परेर निधन भएको हो ।

भारतीय मिडियाका अनुसार मंगलवार बेलुकी आफ्नो घर मेदिकेरी जाँदै गर्दा एक ट्रकसँग ठोक्किएर मेबिनाको निधन भएको थियो ।

अभिनेत्री मेबिना कन्नड टिभीमा काम गर्थिन् । त्यहाँ उनी निकै प्रख्यात थिइन् । मेबिनाको आकस्मिक निधनबाट कन्नड टिभी इन्डस्‍ट्रीमा शोक छाएको छ भने, इन्डस्‍ट्रीका थुप्रैले सोसल मिडियाको माध्यामबाट उनलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Logo