आज १३ औं गणतन्त्र दिवस मनाईंदै

आज १३ औं गणतन्त्र दिवस मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज १३ औं गणतन्त्र दिवस हो । नेपालमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १२ वर्ष पुगेर १३ वर्ष लागेको छ । नेपालको राजनीतिक इतिहासमा यो एउटा अविस्मरणीय दिन मात्र होइन ऐतिहासिक घटना पनि हो ।

आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । यसै दिनलाई नेपालमा गणतन्त्र दिवसको रुपमा मनाईंदै आइएको छ ।

विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने गरिएको भए पनि यस वर्ष त्यो सम्भव भएन । कोरोनाको महामारीले देशभर लकडाउनमा रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित हुने भएको छ ।

यद्यपी गृह मन्त्रालयले तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

Skip This
Skip This
Logo