काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदरलाई थप व्यवस्थित बनाउने भएको छ । राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताका लागि तोकिने व्याजदरलाई व्यस्थित गर्न लागेको हो । मंगलबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै व्याजदरलाई व्यवस्थित गर्ने जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले व्याजदर बढाबढमा संस्थागत निक्षेप स्वीकार गर्न थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार अब बैंक तथा बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्ने संस्थागत निक्षेपको व्याजदर घटाउँदै माथिल्लो सीमा तोक्ने तयारी समेत गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले कोरोना भाइरस र लकडाउनका कारण जीडीपीमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको छ । राष्ट्र बैंकले प्रचलित मूल्यमा मापन गरिएको कूल गार्हस्थ्य उत्पादनमा यस्तो नोक्सानी अनुमान गरेको हो । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण सिथिल बनेको अर्थतन्त्र उकास्न पुनर्कर्जा प्रवाहलाई पनि थप व्यवस्थित गरिने भएको छ । कृषि व्यवसाय, लघु, साना तथा मझौला उद्योग लगायतका क्षेत्रलाई समेत समेट्ने गरी प्रादेशिक सन्तुलन समेत कायम राख्न सहज हुनेगरी पुनर्कर्जा सुविधा उपलव्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।
सातै प्रदेशका स्थानीय तहमा समेत पुग्ने गरी पुर्नकर्जा प्रदान गर्ने तयारी राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार हरेक बैंकले ग्रामीण स्तरमा समेत पुनर्कर्जा प्रदान गर्नुपर्ने गरी बैंकको शाखालाई समेत पुनर्कर्जा प्रवाहको टार्गेट दिन लागेको छ ।
त्यस्तै, प्राथमिकता प्राप्त क्षेत्र, लघु, घरेलु, साना र मझौला व्यवसायको प्रवद्र्धन, रोजगारी सृजना गरी आन्तरिक उत्पादन वृद्धि गर्ने मौद्रिक नीतिको कार्य दिशा हुने राष्ट्र बैंकले जनाएको छ ।





























प्रतिक्रिया