काभ्रेमा हालसम्म कुनै कोरोना सङक्रमित नभएको भन्दै सच्याउन अनुरोध

काभ्रेमा हालसम्म कुनै कोरोना सङक्रमित नभएको भन्दै सच्याउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

सरकारले गएको जेठ ३ गते काभ्रेमा पनि एक जनामा कोरोना संक्रमित भएको भनेर सार्वजनिक गरेको थियो । तर हालसम्म जिल्लाको कुनै पनि स्थानिय तहमा ती कोरोना संक्रमित को हुन् भनेर पुष्टि हुन सकेको छैन ।

काभ्रेमा कोरोना संक्रमित नभएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले काभ्रे जिल्लामा एक जना कोरोना सङ्क्रमित रहेको भनेर आजको पछिल्लो तथ्याङ्कमा समेत प्रकाशन गरेको छ ।

यस अघि काभ्रेका संक्रमित भनिएका व्यक्ति काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका निवासी रहेको पत्ता लागेको बताइएको छ । उनी हाल महोत्तरीमा कार्यरत राष्ट्रसेवक सुरक्षाकर्मी रहेको पनि थाहा हुन आएको छ ।

जेठ ३ गते धुलिखेल सामुदायिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा उनलाई पोजेटिभ देखिएको भनिएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै काभ्रेमा अहिलेसम्म कसैलाई पनि कोरोना नभएको र सच्याउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि स्वास्थ्य मन्त्रालयलाई यसको जानकारी गराउँदै सच्याउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार हालसम्म ४३ जिल्लामा संक्रमित रहेका छन् । जसमा काभ्रेमा १ जना उल्लेख छ । कूल संक्रमित ६८२, निको हुने ११२ र मृत्यु हुनेको संख्या ४ रहेको छ ।

Skip This
Skip This
Logo