विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट भारतका थुप्रै कलाकारहरु संक्रमित छन् । जसमा पछिल्लो समय अभिनेता किरण कुमार थपिएका छन् ।
भारतीय मिडियाका अनुसार १४ मे मा स्वास्थ्य परीक्षण गराएका उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना पोजेटिभ देखिएपनि लक्षण भने नदेखिएको जनाइएको छ ।
कोरोना संक्रमण भएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका छन् । कुराकानीमा उनले पत्नी र बालबच्चालाई पहिलो तल्लामा राखेर आफु भने माथिल्लो तल्लामा आइसोलेट भएको बताएका छन् । त्यस्तै २५ अथवा २६ मे मा फेरि कोरोना परिक्षण गर्ने बताएका छन् ।





























प्रतिक्रिया