फेसबुकभरी वर्षा राउत, देशको भन्दा भारतीय साथीको चिन्ता !

फेसबुकभरी वर्षा राउत, देशको भन्दा भारतीय साथीको चिन्ता !

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय नेपाल र भारतबीचको सीमा विवाद कोरोना संक्रमण भन्दा पनि बढी गर्मिएको अवस्था छ । नेपालले गत वुधबार लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नयाँ नेपाली नक्सा सार्वजनिक गरेलगत्तै भारतीय मिडिया नेपालको खेदो खन्न लागि परेका छन् । जसको प्रत्युत्तरमा नेपाली मिडियाहरु पनि केहि हदसम्म तातिएका छन् ।

यसैबीच अभिनेत्री वर्षा राउतको एउटा अभिव्यक्ति अहिले भाइरल भइरहेको छ। नेपाल र भारतबीच उत्पन्न सीमा विवादको सन्दर्भमा उनले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिप अहिले विवादित बनेको छ।

उक्त भिडियो क्लीपमा वर्षाले भनेकी छिन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त ‘टेबल टक’ गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

यतिसम्म त ठिकै थियो तर उक्त क्लिपमा ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’ भन्ने अभिव्यक्तिको कारण सम्पूर्ण नेपाली उनीसंग रुष्ट भएका छन् ।

 

यहाँ देशको छ चिन्ता, तिमीलाई भारतको fan को चिन्ता लाइराछ ??

यहाँ देशको छ चिन्ता, तिमीलाई भारतको fan को चिन्ता लाइराछ ??

Posted by ????? ????? ツ on Saturday, May 23, 2020

Skip This
Skip This
Logo