भ्रम फैलाउने ७० अनलाइन बन्द, ५९ लाई स्पष्टिकरण, २२ लाई सचेत (सूचीसहित)

भ्रम फैलाउने ७० अनलाइन बन्द, ५९ लाई स्पष्टिकरण, २२ लाई सचेत (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भ्रामक समाचार सम्प्रेषण गरेका ७० वटा अनलाइन बन्द गरिएका छन्। नेपाल प्रेस काउन्सिलले  देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको हो ।

चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले जानकारी दिए  । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलका सूचना अधिकारी खनालले बताए ।

प्रेस काउन्सिलको विज्ञप्ति अनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । यस्तै, २२ वटालाई सचेत गराइएको छ । ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको छ भने एउटालाई अन्तिम चेतावनी दिइएको छ ।

यी हुन् कारवाहीमा परेका अनलाइनहरू 

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/website.pdf& url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Spastikaran-Jawaf-Mag-Sachet-Dhyanakarshan-1.pdf& title=”Spastikaran-Jawaf-Mag-Sachet-Dhyanakarshan”]

Logo