कराँची जेलमा तीन सय जना काेराेना सङ्क्रमित

कराँची जेलमा तीन सय जना काेराेना सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

कराँची ।
पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रीय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ । कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाडो चाडै सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारी लगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो ।

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । १ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । रासस/एएनआई

Logo