काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपाली कलाकर्मीले स्वागत गरेका छन् । गत सोमबारको मन्त्रिपरिषद्को निर्णय अनुसार बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेसँगै उनीहरुले स्वागत गरेका हुन् । तर, भारतीय नागरिक र सञ्चार माध्यमले नेपाली कलाकर्मी विरुद्ध अनेकौँ टिका टिप्पणी गरिरहेका छन् ।
त्यस्तै कोरियाले रोजगार अनुमति प्रणाली अन्तगर्तको भाषा परीक्षा लिने जनाएको छ । दक्षिण कोरिया सरकारले भाषा परीक्षा तयारी गरी रहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराउने तयारी भरहेको जनाएको हो ।
गृह मन्त्रालयले उपत्यकाको तीन जिल्ला प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको छ । उपत्यकामा बाहिरबाट लुकिछिपी आउने र जाने क्रम नरोकिएको भन्दै मन्त्रालयले सो निर्णय गरेको हो ।
त्यस्तैगरी नेपाल र भारतबीचको सीमा विवाद थप जटिल बन्दै गएको छ । नेपालले जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आक्रमण भएको दावी गरेसँगै सीमा विवाद थप जटिल बन्दै गएको हो ।
लकडाउनकाबीच देशभर विकास निर्माणका काम धमाधम अगाडि बढेका छन् । लकडाउनका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा देशभर सडक र पुल निर्माणको काम अगाडि बढेको सडक विभागले जनाएको हो । लकडाउनदेखि अहिलेसम्म १ सय किलोमिटर सडक कालोपत्रे र आठ वटा पुलको निर्माण कार्य सम्पन्न भएको विभागले जनाएको छ । पूरा समाचाका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला





























प्रतिक्रिया