कोरोनासँग लड्दै विकास निर्माण कार्य अगाडि बढाउँछौ– प्रधानमन्त्री ओली

कोरोनासँग लड्दै विकास निर्माण कार्य अगाडि बढाउँछौ– प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासँग लड्दै विकास निर्माणका कामलाई पनि सरकारले अगाडि बढाउने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सरकार कोरोना भाइरससँग लडिरहेकाले यसको अर्थ अन्य विकास निर्माणका काम रोक्नुपर्छ भन्ने नभएको उनको भनाइ छ ।  प्रधानमन्त्री ओलीले भने–‘यतिबेला हामी कोरोना विरुद्ध लड्दै छौँ र सम्पूर्ण शक्ति त्यसमै लगाइरहेका छौँ । तर यसको अर्थ अरु काम गर्दैनौं भन्ने होइन । हाम्रो शक्ति केही घटेको छ । तर, कोरोनाका सँगसँगै सामाजिक उत्तरदायित्व र विकास निर्माणका काम पनि गछौँ ।’

Logo