भारतमा कोरोना संक्रमितको संख्या १ लाख नजिक, मृत्यु हुने कति ?

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नजिक, मृत्यु हुने कति ?

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३६ हजार २९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार हाल यो रोगका ५९ हजार ३४५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँ मात्र ३३ हजार ५३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ३७९ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातपछि तमिलनाडूमा ११ हजार २२४ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या १० हजार ५४ पुगेको छ ।रासस/एएनआई

Logo