भारतमा लकडाउन जेठ १८ गते सम्म

भारतमा लकडाउन जेठ १८ गते सम्म

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।
भारतले लकडाउनको अवधि पुनः थपेको छ । यसअघि १७ मे सम्म रहेको लकडाउन अब ३१ मे अर्थात् जेठ १८ सम्म कायम रहने भएको छ।

भारतले लकडाउनको समय थपेको यो चौथो पटक हो । तर यस पटकदेखि लकडाउन फरक हुने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको थियो । भारतमा हालसम्म ९५ हजार भन्दा बढी कोरोना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । त्यस्तै ३५ हजार व्यक्ति निको भएका छन्।

यसैबीच नेपालमा पनि आगामी जेठ २० गते सम्मका लागि लकडाउन थपिएको छ । यहाँ चैत ११ देखि लकडाउन सुरु गरिएको थियो ।

Logo