के के समेटियो सरकारका नीति तथा कार्यक्रममा ? (भिडियोसहित)

के के समेटियो सरकारका नीति तथा कार्यक्रममा ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साता अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई आगामी १० वर्षमा दोब्बर पार्ने सरकारले लक्ष्य लिएको छ । यसवर्ष सरकारले अन्य क्षेत्र जस्तै कृषिक्षेत्रमा पनि निकै नै आर्कषक कार्यक्रमहरु सार्वजनिक गरेको छ । घोषित कार्यक्रम अनुसार कृषिक्षेत्रमा कायम रहेका संगठनहरूको पुर्नसंरचना गरिनेछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कृषि क्षेत्रका कार्यक्रमहरुको प्रभावकारिता विश्लेषण गरी पुनरावलोकन गरिनेछ । कृषकहरूलाई उपलब्ध गराइने अनुदानबाट वास्तविक कृषकहरूले लाभ लिन सक्ने बनाउन हालको अनुदान प्रणालीमा व्यापक सुधार गरिनेछ । निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा परिणत गरिनेछ । कृषकहरूलाई समयमै उन्नत बिउ, मल तथा कृषि प्रसार सेवा उपलब्ध गराइनेछ । कृषि उत्पादनलाई सरकारले नै खरिद गरि कृषकको उत्पादनको ग्यारेन्टी गरिनेछ । हेरौं यो भिडियोमा :

 

 

Logo