काठमाडौँमा थप कडा : पहेँलो पास रद्द, पैदल यात्रुलाई पनि कडा नियम

काठमाडौँमा थप कडा : पहेँलो पास रद्द, पैदल यात्रुलाई पनि कडा नियम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि थप निर्णय गरेको छ ।

जेठ २ गते बसेको जिल्ला प्रशासनको बैठकले पास बिना काठमाडौं प्रवेश गर्न नपाइने नियम बनाएको हो। आजको बैठकले एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, माछामासु, तरकारी, फलफूल, निर्माण सामाग्री बोकेका सवारी साधनहरु पास बिना परिवहन हुने र ति बाहेक अन्य सवारी साधनहरु र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौंका भित्री तथा बाहिरी सडक र गल्लीहरुमा अनावश्यक भीड हुने गरेकोले त्यसो नगर्न र यदि अटेर गरे सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम काम कारवाहीका लागि नियन्त्रण गर्न सक्ने निर्णय भएको जनाएको छ ।

साथै आजको बैठकले यस अगाडि जारी गरेका पहेँलो रङको सवारी पास समेत खारेज गरेको छ ।

विस्तृत सूचनामा पढ्नुहोस् 

Logo