राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन (LIVE)

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन (LIVE)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

अपरान्ह ४ बजेका लागि निर्धारित बैठकका लागि सङ्घीय संसद्को सचिवालयले विशेष तयारी गरेको थियो । राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ । बैठकमा भाग लिन मन्त्रिगण, दुवै सदनका सदस्य, विशिष्ट पदाधिकारी लगायत सहभागी छन् ।

नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साता अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यस अघि संसदमा पूर्वबजेट छलफल भइसकेको छ ।

कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ । भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गर्नुभएको छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ । हेरौं भिडियो :

Skip This
Skip This
Logo