काठमाडौं ।
‘नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रुपमा होइन, हामी घोलिएका छौं । हिन्द महासागरमा गएर हामीले सेती, कोशी खोजेर पाइँदैन । ’ यो भनाइ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठीक दुई वर्ष अघि पार्टी एकीकरण सभामा दिएको मन्तव्यको अंश हो। दुई पार्टी मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई हिन्द महासागरको संज्ञा दिंदै ओलीले यो र त्यो नहुने भनिरहँदा पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बनेका थिए । सरकार गठन र विघटनको खेलले मुलुकको आर्थिक विकास हुन नसकेको बुझाइमा रहेका जनतामा पनि दुई पार्टी एकीकरणले अब देशमा केही हुन्छ भन्ने आशा जगाएको थियो।
अस्थिर सरकारलाई नै विकासको बाधक ठानेका जनताले स्थिरता र तीव्र आर्थिक विकासको नारासहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सहभागी तत्कालीन एमाले र माओवादी केन्द्रलाई भारी मत दिएका थिए । राजनीतिक संक्रमणकालको अन्त्यसँगै गठन भएको स्थिर सरकारले मुलुकलाई कायापलट गर्नेछ, एकीकृत पार्टी देश र जनताको पक्षमा खरोरुपमा उत्रिनेछ, पार्टीका नेता तथा कार्यकर्ताको मात्र नभई आम नेपालीको बुझाइ पनि यही थियो।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले मुलुकमा तीव्र गतिमा आर्थिक विकास गर्ने जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल र समझदारीमा सरकार र पार्टी चलाउने बताएका थिए । ‘हामी दुईजनाले सल्लाह गरीकन, विचार विमर्श गरीकन, विश्लेषण गरी अगाडि बढाउने अठोट गरेका छौं, संकल्प गरेका छौं’, पार्टी र सरकार सञ्चालनमा दुई नेताबीच खटपट हुने त होइन भन्ने नेता तथा कार्यकर्ताको आंशकालाई ओलीले सम्बोधन गर्ने प्रयास गरेका थिए। उनले कम्युनिस्ट जुट्न जान्दैनन् फुट्न मात्र जान्दछन् भन्ने कुरा इतिहास बनेको पनि उल्लेख गरेका थिए।
अध्यक्षको उक्त उद्घोषले कार्यकर्तामा निकै उत्साह ल्याएको थियो। तर त्यो उत्साह र उमंग धेरै दिन टिक्न सकेन। पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद कि माओवाद भन्नेबाट विवाद सुरु हुन पुग्यो, जसले गर्दा तीन महिनाभित्र पूरा गर्ने भनिएको एकीकरण दुई वर्ष वित्दासमेत सकिएको छैन। दुई वर्षमा दुई पार्टीबीच अन्तरघुलन होइन, विवाद र विग्रह बढ्दै गएको छ, जसले गर्दा दुईतिहाइ बहुमत नजिकको सरकारले न जनताको चाहना अनुसार आर्थिक विकास र सुशासनमा आफूलाई खरोरुपमा उतार्न सकेको छ न त पार्टी संगठनलाई चलायमान बनाउन नै सकेको छ। उल्टै नेकपा गतिहीन बन्न पुगेको छ।
नेताहरुबीचमा अविश्वासको खाडल गहिरिँदै गएको छ। उनीहरु देश र जनताको समस्या छोडेर स्वकेन्द्रित बन्न पुगेका छन्। सरकार र पार्टीबीचको दूरी बढ्दै गएको छ। अविश्वासको खाडल गहिरिदै जाँदा पार्टीको बैठक राख्ने विषयमा समेत विवाद हुँदैछ। यो अवधिमा पार्टी र सरकार सञ्चालन प्रक्रियालाई लिएर नेतृत्वमाथि प्रश्नै प्रश्न उब्जिएका छन् । पार्टीको गतिविधि शून्य जस्तै छ । एकीकृत पार्टीको पहिचानसहित तल्लो तहसम्म खासै गतिविधि भएको छैन ।नागरिकबाट































प्रतिक्रिया