नेपालका कमललाई अनलाइन पुम्सेमा स्वर्ण

नेपालका कमललाई अनलाइन पुम्सेमा स्वर्ण

केन्द्रबिन्दु
0
Shares

विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । फ्रान्समा भएको अनलाईन च्याम्पियनसिपको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।

कमलले गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाललाई स्वर्ण दिलाएका थिए । नेपाल पुलिस क्लबबाट खेल्ने कमलले नेपालकै दुई खेलाडीलाई पछि पार्दै स्वर्ण हासिल गरेका हुन् । आयोजकले सार्वजनिक गरेको नतिजा अनुसार कमलले ७.६७ अंक प्राप्त गरेका छन् ।

यस्तै जितबहादुर बोटेले ७.५४ अंक प्राप्त गर्दै रजत पदक हासिल गरेका छन् भने प्रेमबहादुर लिम्बुले ७.५० अंक प्राप्त गर्दै कास्य पदक जितेका छन् । फ्रान्सका मोहम्मद गुड्रीले समेत कास्य जितेका छन् ।

यसै विधामा नेपालका सुरेन्द्र बहादुर महरा नवौं स्थानमा रहेका छन् ।

महिला ३० वर्ष मूनिको विधामा नेपालकी पार्वती गुरुङले रजत पदक जितेकी छिन् । पार्वती पनि १३ औं सागकी स्वर्ण पदक विजेता हुन् । अर्का नेपाली सिता तामाङ भने १२ औं स्थानमा रहिन् ।

च्याम्पियनसिपमा सहभागिता जनाउन खेलाडीले पुम्सेका २ वटा भिडियो आयोजकलाई पठाएका थिए । च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले भाग लिएका छन् । अब ५० वर्ष मुनि लक्ष्मण बहादुर ऐरको प्रतिस्पर्धा बाँकी रहेको छ ।

Logo