काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाइने प्रचण्ड-माधव पक्षको निर्णय

काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाइने प्रचण्ड-माधव पक्षको निर्णय

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षको स्थायी समितिको बैठक काठमाडौंमा शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय पेरिसडाँडामा आजबाट शुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।

संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिएका छन् । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । बैठक भोलि शुक्रबार बिहान ११ पुनः बस्नेछ ।

Logo