काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठन मकवानपुरद्वारा हेटौंडामा राँके जुलुस निकालिएको छ । बिहिबार साँझ सीमा अतिक्रमणको विरोधमा राप्रपा समर्थित विद्यार्थीद्वारा जुलुस निकालिएको हो ।
केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियू सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेप विरुद्ध नारा लगाइएको थियो ।
विद्यार्थी नेताहरुले मातृभूमिको निमित्त बलिदान गर्न तयार रहेको भन्दै सरकारले नेपाली भूमि फिर्ता ल्याउन खुट्टा कमाउन नहुने बताएका छन् । विदेशीको हेपाह र मिचाह प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा उत्रन नसके राप्रपालाई सह्य नहुने उनीहरुको चेतावनी छ ।
भारतीय पक्षले केही समय अगाडि नेपालको लिपुलेक हुँदै चीनको धार्मिक स्थल मानसरोवर जाने बाटो निर्माण गरेको थियो । जसको भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरेका थिए । नेपाली भूमिमा भारतीय पक्षले एकतर्फी रुपमा बाटो बनाएपछि नेपालमा सदनदेखि सडकसम्म भारतको व्यापक विरोध हुँदै आएको छ ।





























प्रतिक्रिया