भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २ हजार २९३ को मृत्यु 

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २ हजार २९३ को मृत्यु 

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या आज ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । आज जनाइए अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरूको सख्या २ हजार २९३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार ४५४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा मंगलबार बिहानसम्मको तथ्याङ्क अनुसार हाल यो रोगका ४६ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र २३ हजार ४०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार ५४१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । यहाँ यस संक्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ ।रासस/एएनआई

Logo