अरबी तेल बजारमा कोरोना असर : भ्याट तीन गुणा बढ्यो

अरबी तेल बजारमा कोरोना असर : भ्याट तीन गुणा बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण अहिले अरबी तेल बजारमा निकै ठूलो मार परेको छ । साउदी अरब तेल उत्पादक मुलुकहरुमध्ये एक ठूलो मुलुक हो । त्यहाँको मुख्य अर्थतन्त्र भनेकै तेलबाट हुने आम्दानी हो । कोरोनाका कारण प्रभावित भएको अर्थतन्त्र उकास्न साउदी अरबले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणाले बढाउने निर्णय गरेको छ ।

त्यस्तै, साउदी सरकारले वित्तीय घाटा कम गर्ने योजना अनुसार कर्मचारीले पाउँदै आएको भत्ता समेत रोक्ने निर्णय गरेको छ । सन् २०२० को पहिलो तीन महिनामै साउदीले बजेट घाटा ९ अर्ब डलर भोगेको छ । त्यसका साथै आम्दानी भन्दा सरकारी खर्च धेरै भएका कारण साउदी सरकारले भ्याट बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

साउदीका अर्थमन्त्री मोहम्मद अल जदानले भने कोरोनाका कारण आएको यो परिवर्तन निकै दुःखदायी भएको बताएका छन् । यो वर्ष को पहिलो त्रैमासमा तेलको भाउ लगातार ओरालो लागेपछि त्यसको असर साउदी अर्थतन्त्रमा देखिन थालेको हो । तेलको भाउ ओरालो लागेपछि साउदीको राजस्वमा २२ प्रतिशतले कमी आएको थियो । साउदी सरकारले दुई वर्ष अघि पनि भ्याट लागू गरेको थियो । साउदी सरकारका अनुसार आगामी जुलाई १ तारिखदेखि नयाँ करको दर लागू हुनेछ ।

Skip This
Skip This
Logo