प्रख्यात अमेरिकी गायक लिटिल रिचर्डको निधन

प्रख्यात अमेरिकी गायक लिटिल रिचर्डको निधन

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । प्रसिद्ध अमेरिकी गायक एवं संगीतकार लिटिल रिचर्डको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखी हड्डीको क्यान्सरबाट पीडित उनको अमेरिकाको टुलाहोस्थित आफ्नै निवासमा निधन भएको हो ।

लिटिल रिचर्डको जन्म सन् १९३२ डिसेम्बरमा अमेरिकाको जर्जियामा भएको थियो । उनको पूरा नाम रिचर्ड पेन्नीमान हाे । उनका बुबा धार्मिक शिक्षक थिए । उनी आफ्ना भाइ बहिनीहरु भन्दा भिन्न देखिन चाहन्थे । त्यसैले उनी सांगितिक क्षेत्रमा लागेका थिए ।

प्रशंसकहरु उनको पियानो बजाउने शैलीलाई मन पराउँथे । यस बाहेक उनको कपाल र पोशाकलाई पनि धेरैले रुचाउथेँ । तर, उनको बुबालाई भने गीत संगीत मन पदैनथ्यो । सोही कारणले सानै उमेरमा उनले घर छाड्नुप¥यो । आफ्नो जीवनको अन्तिम चरणमा उनले धेरै वर्षसम्म स्वास्थ्य समस्याहरुको सामना गर्नुप¥यो । उनलाई एक पटक हृदयघात समेत भएको थियो ।

सन् १९५५ पछि रिचर्ड स्टार बने
रिचर्डको करियर सन् १९४० को दशकमा शुरु भएको थियो । शुरुमा उनले साना र छोटा गीतहरु रेकर्डिङ गर्थे । तर, सन् १९५५ मा उनले ‘तुट्टी फ्रुट्टी, लङ् टल साली’ र ‘गुड गोली मिस मोली’ गीत गाएसँगै चर्चामा आएका थिए ।

ती गीतहरुले उनलाई विश्वका धेरै देशहरुमा एक स्टार भनेर चिनायो । त्यसबेला उनको गीत ३ करोड भन्दा बढी प्रति विक्री भएको थियो । रिचर्ड सन् १९८६ मा रक एन्ड रोल हल अफ फ्रेममा प्रवेश गरेका थिए ।

Logo