इतिहासमै पहिलो पटक रोकियो बज्रवाराही मेला, गरियो छ्व पूजा

इतिहासमै पहिलो पटक रोकियो बज्रवाराही मेला, गरियो छ्व पूजा

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका ६ मा हरेक ३ वर्षमा मनाइने बज्रवाराहीको मेला यो वर्ष रोकिएको छ ।

विश्वब्यापीरूपमा कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण मेला स्थगन गरेको हो।  मेला स्थगित भएपनि आज छ्व पूजा  गरिएको छ । सिमित व्यक्तिहरूको सहभागितामा बज्रवाराही मन्दिरमा पूजा गरिएको हो।

तिथी अनुसार तीन दिनसम्म लाग्ने यो मेलामा पहिलो दिन रथलाई मन्दिरमा लगिन्छ।  दोस्रो दिन मन्दिरमै पूजापाठ गरिन्छ भने तेस्रो दिन रथलाई फर्काएर मेला समापन गरिन्छ ।

यहाँको बज्रवाराही माईलाई अन्यत्र भएका बज्रवाराहीको आमा भन्ने मान्यता छ। यो गणेश, कुमारी, वाराही, इन्द्रायणी र भैरवको संयुक्त मेला हो ।

बज्रवाराहीको मेला पहिलो पटक स्थगित भएको हो । अब यो मेला अर्को वर्ष मनाउने भएको छ।

 

फोटो: प्रमोद जोशी 

Logo