सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेमाथि कारवाही हुने

सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेमाथि कारवाही हुने

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

जिल्लाका भारतसँग सीमा जोडिएका सबै प्रवेश बिन्दुसहित खुला सिमानाको जुनसुकै स्थानबाट प्रवेश गराउने र लुकाउनेमाथि कारवाही हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको आदेश अनुसार सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही गरिने छ । सीमा क्षेत्रमा यात्रुको आगमनको कार्य आगामी जेठ १८ गतेको मध्यरातसम्म स्थगित गर्ने गरी निरन्तरता दिइने भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि जेठ ५ गते सोमबार मध्यरातसम्म जिल्लाभर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र सामाजिक दूरी कायम गरी पशुपन्छी माछा, कखुरा, पालन र नर्सरीबाट बिरुवा उत्पादन तथा दाना उत्पादन, फलफूल तरकारी, दूध, दुग्धजन्य पदार्थ उत्पादन, सङ्कलन भण्डारण, एग्रोभेट भेटेनरी औषधि पसलको सञ्चालन, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक ल्याब, सबै प्रकारका खोपलगायत अत्यावश्यक सेवाको सञ्चालन जुनसुकै समयमा पनि गर्न पाइने भएको छ ।

औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधन, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान र मर्मतलगायतका कार्यसमेत गर्न पाइने भएको छ ।रासस

Logo