काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट शुरु भएको छ । संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाएसँगै बजेट अधिवेशन शुरु भएको हो । बैशाख २१ को मन्त्रिपरिषद्को बैठकले बैशाख २६ बाट अधिवेशन शुरु गर्ने निर्णय गरेको थियो ।
त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख २९ हजार नाघेको छ । शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सो तथ्यांक सार्वजनिक गरेको हो । साथै, यसकै कारण २ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइ सकेका छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्र देखिएको बेमौसमी विवादले पार्टी एकता भंग हुन सक्ने चेतावनी दिएका छन् । बिहिबार केन्द्रबिन्दु टेलिभिजनसँग अन्तवार्ता दिँदै उनले सो चेतावनी दिएका हुन् ।
त्यस्तैगरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा बदल्नुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहिबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । निजी क्षेत्र र सरकारको सामूहिक सहकार्यबाट नै समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३० पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार देशभर निको हुनेको संख्या ३० पुगेको हो । शुक्रबार मात्रै थप ८ जना डिस्चार्ज भएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला































प्रतिक्रिया