काठमाडौं ।
अटो मोबाइल्स एसोशियन अफ नेपाल (नाडा) ले सम्पूर्ण कम्पनी प्रतिष्ठानहरुलाई उद्योग व्यवसाय, वर्कशप, सर्भिस सेण्टर र स्पेयर पार्टस लगायत टायर, टयूव, लुब्रिकेन्टस र व्याट्रीहरु डेलिबरी गर्दा सुरक्षाका उपाय अपनाउन विभिन्न १८ बुँदे अवधारणा सार्वजनिक गरेको छ ।
सरकारले गत बुधबार विभिन्न ४४ किसिमिका उद्योग व्यवसायहरु खोल्ने निर्णय गरेको थियो । सरकारको सो निर्णय पश्चात आजदेखि ती उद्योग संचालनमा आउँदैछन् । उद्योग व्यवसाय संचालन गर्दा सुरक्षाका विधीहरु अपनाउँदै काम गर्न नाडाले प्रेस विज्ञप्तीमार्फत आग्रह गरेको छ ।
यस्ता छन् नाडाका सुरक्षा संबन्धी अवधारणा
१.नाडाबाट जारी गरिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन पालना गर्नु पर्ने गाइड लाइनलाई अनिवार्य रुपमा पालना गर्नु पर्ने ।
२.प्रथमतः आफू सुरक्षित हुने तत्पश्चात आफ्नो व्यावसायलाई पनि सुरक्षित गर्दे सरकारको कदमलाई पूर्णतः सहयोग गर्नु पर्ने ।
३.खाना, खाजा र चिया सम्भव भएसम्म घरबाटै ल्याएर खाने, सम्भव भएसम्म केक, आइसक्रिम र अण्डाको प्रयोग नगर्ने । चिया कफी खाँदा डिसपोजेवल कपको प्रयोग गर्ने । पानीका लागि साना प्याकेज बोटलहरु मात्र प्रयोग गर्ने ।
४.पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा अनिवार्य रुपमा पञ्जा र स्यानिटाइजरको प्रयोग गर्ने ।
५कुनै पनि सामान वा बस्तु पञ्जा लगाएर मात्र छुने । तत्पश्चात पनि साबुन पानीले वा सेनिटाइजरले राम्रोसँग हात धुने । साबुन पानीको प्रयोग गर्दा साधारणतया २० सेकेण्डसम्म दुईवटा हात रगडेर धुने ।
६.संक्रमणबाट बच्न उच्चतम उपायको रुपमा मानिएको र ठानिएको सामाजिक दूरिलाई कडाइका साथ पालन गर्ने । हाच्छिउ आउँदा रुमाल वा आफनो बाहुलाले नाक छोप्ने । सामाजिक दूरि १.५ मिटर हुनु पर्ने । कामको हरेक चरणमा सामाजिक दूरिलाई कडाइका साथ पालन गर्ने । दुई सिटको बीचमा पर्याप्त दुरी कायम राख्ने ।
७.हरेक काममा मास्क र पञ्जा अनिवार्य रुपमा प्रयोग गर्ने । सामान छुनु अगावै र सामान गन्तव्यमा राखेपछि स्यानिटाइजर प्रयोग गर्ने । सञ्चारको मूख्य साधनको रुपमा मोबाइल र कप्यूटरको अधिकतम प्रयोग गर्ने ।
८.स्पेयर पार्टस, लुब्रिकेन्टस, व्याट्री, एसेसरिज, टुल्स र मेशिनहरु लगायतका विभिन्न बस्तुहरु छुँदा अनिवार्य रुपमा पञ्जा वा स्यानिटाइजरको प्रयोग गर्ने । सकेसम्म डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने र घरमा फर्केपछि घर बाहिरको डष्टविनमा राख्ने वा जलाउने । वर्कसपहरुमा सकेसम्म एसिको प्रयोग नगर्ने र अधिकतम रुपमा भेन्टीलेशनको व्यवस्था गर्ने ।
९. सकेसम्म आफ्नो हातले आँखा, कान, नाक र मुख नछुने । कसैसँग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने ।
१०.घरमा लगेको खानेकुरा वा अन्य सामानहरु तातो साबुन पानीले वा स्यानिटाइजरले धुने र ४/५ घण्टा बाहिर घाममा सुकाउने । धुन र पखाल्न मिल्ने वा पकाएर खान मिल्ने खानेकुराहरु मात्र प्रयोग गर्ने ।
११.आफुले दिन भर पसल, वर्कशप र अफिसमा लगाएको लुगा घर बाहिरै राखेर धुने । सरसफाईलाई उच्च प्राथमिकता दिने ।
१२ वर्कशप, पसल वा अफिसहरुमा सकेसम्म आलोपालो गरेर बस्ने । अफिसका ढोका, ह्याण्डिल, वासरुम स्यानिटाइज्ड गर्ने ।
१३.आफ्नो निजी सवारी साधनहरुलाई पनि स्यानिटाइज्ड गर्ने अर्थात डिस इन्फेसनाइज्ड गर्ने ।
१४.कार्यालय, पसल र वर्कशपमा आउने ग्राहकहरुले पनि अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनु पर्ने । त्यस्तो व्यवस्था नगरेको ग्राहकलाई प्रवेशमा नै रोक लगाउने । गाडि वासिङ्ग गर्ने कर्मचारीले हर समय पिपिई लगाउने ।
१५. सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस वा अन्य सामानहरु विक्री गर्ने ।
१६.वर्कशपहरुले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउने जान सकिने व्यवस्था मिलाउने । मेकानिक्सले विशेष सुरक्षा अपनाउने
१७.काममा जाने सबैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मामिटरको प्रयोग गर्ने यदी आफ्नो शरीरको तापक्रम ९९ फरेनहाइट भन्दा बढी रहेछ भने घरमै बस्ने अथवा डाक्टरलाई देखाउने ।
१८.बिक्रेता र उपभोक्ता दुवैले साथमा स्यानिटाइजर साथमा राख्ने । विक्रेताहरुले र वर्कशपहरुले अगाडी ढोकामा नै स्यानिटाइजर राख्ने व्यवस्था गर्ने ।





























प्रतिक्रिया