ड्युटीमा नै प्रहरी हबल्दारको मृत्यु

ड्युटीमा नै प्रहरी हबल्दारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

राजविराज । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको बिहिबार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । प्रहरी हबल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।– रासस

Skip This
Skip This
Logo