मेलम्ची नगरपालिकाले गर्याे दीर्घरोगीलाई निःशुल्क औषधि वितरण

मेलम्ची नगरपालिकाले गर्याे दीर्घरोगीलाई निःशुल्क औषधि वितरण

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेको छ । लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै नगरपालिकाले औषधि वितरण गरेकाे हो ।

नगरपालिकाले नगरभित्रका मधुमेह, उच्च रक्तचाप, बाथरोग, कलेजेका बिरामी, मिर्गौला, मुटुरोगको औषधि वितरण गरेको छ। नगरप्रमुख डम्बरबहादुर अर्यालले बिहिबार मेलम्ची–७ बाट निःशुल्क औषधि वितरण शुरु गरिएको जानकारी दिए । यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको उपचार कोषमा रु दुई लाख ८७ हजार १ सय ६६ हस्तान्तरण गरेको छ । नगरभित्रका १३ वडा र कार्यदलका सदस्यबाट सो रकम संकलन गरी नगरपालिकाका प्रमुख अर्याललाई हस्तान्तरण गरिएको हो । मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले सो रकम हस्तान्तरण गरेका थिए ।

शव फेला

मेलम्ची नगरपालिका–११ धितालबेँसीस्थित खोल्सामा एक पुरुषको शव फेला परेको छ । कैलाली घोडाघोडी नगरपालिका–१ घर भइ हाल मेलम्ची नगरपालिका–११ कमलबहादुर भट्टराईको घरमा भाडामा बस्दै आएका ३४ वर्षीय बिर्खबहादुर विकको शव बुधबार फेला परेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।–रासस

Logo