मदिरा बिक्रि कक्षहरु खोल्न दिन नेपाल पेय पदार्थ संघद्वारा सरकारसँग अनुरोध

मदिरा बिक्रि कक्षहरु खोल्न दिन नेपाल पेय पदार्थ संघद्वारा सरकारसँग अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गरि तोकिएका सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्दै निश्चित समय तोकि मदिराका बिक्रि कक्षहरु खोल्न दिनका लागी नेपाल सरकारसँग अनुरोध गरेको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गरि लकडाउनको अबधि लम्बिदै गईरहेको भन्दै संघले स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरि मदिराका बिक्रि कक्षहरु खोल्न दिनका लागी सरकारसँग अनुरोध गरेको हो ।

निरन्तरको बन्दाबन्दीले देशको अर्थतन्त्रमा गम्भिर किसिमको नकारात्मक असर त परेको छ नै यसका अतिरिक्त खुद्रा पसल संचालन गरि जिविकोपार्जन गर्नु पर्नें व्यवसायीहरुको जीवनयापन पनि कष्टकर बन्दै गएको संघद्वारा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरिएको पत्रमा उल्लेख गरिएको छ ।

हालको बिषम परिस्थितिका कारण दर्जनौं मदिरा उद्योगहरु, हजारांैको संख्यामा रहेका बिक्रि कक्षहरु समेत बन्द अवस्थामा नै रहेका छन । देशको कुल राजश्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब जतिको योगदान गर्ने तथा करिब दुई लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी तथा अप्रत्यक्ष समेत गरि लगभग आठ लाख जतिलाई रोजगारी प्रदान गरिरहेको यो क्षेत्र बन्द भइरहँदा यस क्षेत्रको खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको तर्फ पेय पदार्थ संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मदिराजन्य उद्योगहरुको कुल कारोबारको लगभग पचास प्रतिशत कारोबार सरकारले बजेट घोषणा गर्नु भन्दा ३ महिना अघि अर्थात चैत्र, बैशाख र जेष्ठ महिनामा हुने गरेको तर वर्तमान अवस्थाका कारणले यस क्षेत्रका उद्योग उच्च जोखिममा परेका र हालको निरन्तरको लकडाउनको कारणले औपचारिक व्यवसायहरु बन्द रहेको भएता पनि अनौपचारीक क्षेत्रबाट करोडौ लिटर अस्वस्थकर रुपमा अवैध मदिराहरु घरदैलोमा उत्पादन भई बिक्रि वितरण भइरहेकातर्फ समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । उक्त अवैध रुपमा उत्पादन र विक्रि वितरण गरिएका मदिराहरु जनस्वास्थ्यका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेको र यसले कुनै पनि समयमा जनस्वास्वाथ्यमा गम्भिर असर पार्न सक्ने प्रति जानकारी समेत गराएको छ । असहज परिस्थितिको फाईदा उठाउदै औपचारीक क्षेत्र ध्वस्त हुने तर अबैध र अनौपचारीक क्षेत्रले प्रश्रय पाउदै जाने परिस्थितीलाई चिर्नु हामी हामी सबैको कर्तव्य एवं जिम्मेवारी रहेको व्यहोरा समेत पत्रमा उल्लेख छ ।

अब मदिरासमेत बिक्रि गर्ने खुद्रा पसल खुलेको अबस्थामा पनि ति बिक्रि कक्षहरुबाट समेत मदिराजन्य पदार्थ बिक्रि गर्न रोक लगाईएको हुँदा बियर, वाईन जस्ता मदिराजन्य बस्तुहरुको निश्चित उपभोग मिति हुने र यस्ता बस्तु पनि बिक्रि हुन रोक लगाईदा सो बाट सृजित हने नोक्सानी अकल्पनीय हुने समेत पेय पदार्थ संघले मन्त्रालयलाई जानकारी गराएको छ ।

Logo