नेपालमा तब्लिगी जमातीका कारण कोरोनाको महामारी, प्रधानमन्त्री मौन !

नेपालमा तब्लिगी जमातीका कारण कोरोनाको महामारी, प्रधानमन्त्री मौन !

केन्द्रबिन्दु
0
Shares

घटना नं १

-५ बैशाखको दिउसो १ बजे रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ पुर्निहवा गाऊँका २५ वर्षीय धर्मेन्द्र पासी (पासवान) सोही जिल्लाको मर्चबार क्षेत्रवाट सजिलै नेपाल छिरे । त्यसपछि उनलाई परिवारले मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखे । त्यहीँबाट उनको कोरोना परीक्षणका लागि स्वाब संलन गरी केन्द्रीय प्रयोगशालामा पठाइयो । उनलाई कोरोना पोजेटिभ देखियो ।

घटना नं २

रौतहट जिल्लाको इशानाथ नपा ८ का २४ वर्षिय मो. बच्चा अन्सारी भारतको कोलकाताबाट लकडाउनपछि फर्केका थिए । र, उनी चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किए । क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणपछि पीसीआर पोजेटिभ देखिएपछि वीरगञ्जस्थित नारायणी क्षेत्रिय अस्पतालको आइसोलेशनमा राखिएको थियो । केही दिनपछि पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज भइ घर गएका थिए । तर, परिवार र समुदायमा १० दिन बिताइसकेपछि संक्रमण पुष्टि भएको थियो ।

घटना नंं ३

झापामा थपिएका ६२ बर्षे पुरुष पनि लकडाउनपछि नै नेपाल छिरेका थिए । दिल्ली मर्कशमा भाग लिएर फर्केका यी मानिस सोनवर्षी गाऊपालिका चकचकीमा रहेको मस्जिदका जमाती हुन् । उनी नेपाल आएर क्वारेन्टाइनमा बस्नुको सट्टा मुस्लिम विद्यार्थीलाई पढाउने र राहत वितरणमा सक्रिय रहे । पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार उनका कोरोना पोजेटिभ देखियो ।

घटना नं ४

प्रदेश नं ५, बाँकेको नेपालगञ्जमा एकमहिना अघि दिल्लीको मर्कसवाट तीनजना जमातीहरु उत्तर प्रदेश बहराइच जिल्लाको नानपारावाट छिरेका थिए । एकजना ६० बर्षिय जमाती क्वारेन्टाइनमा नबसी घर भागेपछि घर–परिवारका सदस्य लगायत समूदायमा कोरोना संक्रमण फैलियो । ती संक्रमित जमातीले लकडाउनकै बीचमा विभिन्न मस्जिद–मदरशा र घर–घरमा पढाउँदै हिडेका थिए । जसकाकारण हालसम्म थप १५ जनालाई उनैले संक्रमित बनाएको पुष्टि भइसकेको छ ।

घटना नं ५

दिल्लीको निजामुद्धिन मर्कसवाट फर्किएर पर्साको छपकैया मस्जिद र मदर्शामा तीनजना जमातीहरु संक्रमित भएपछि पुनः एकजनामा संक्रमण फैलिनु र छिमेकी जिल्ला बाराको सिमरा जीतपुर नपा। ७ मा समेत दुईजना संक्रमित भेटिनुले महामारीको तेस्रो चरणमा प्रवेश गरेको देखाउँछ ।

घटना नं ६

वीरगञ्जको पीसीआर मेसिन काम नलाग्ने अवस्थामा पुगेपछि हेटौँडासँग सहायता मागियो । तर, हेटौडाले २ नं प्रदेशको काममा आनाकानी गर्न थाल्यो । उता २ नं प्रदेशको जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा सुरु देखि नै पीसीआर मेसिन विश्वसनीय हुन सकेको थिएन । अर्थात जनकपुर र वीरगञ्ज अस्पतालकै मेसिन काम लाग्ने अवस्थामा थिएनन् र छैनन् ।

माथिका यी ६ घटनाहरुले के स्पष्ट पार्छ भने नेपालमा कोरोना भाइरसको महामारी वा खतराको दोषी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आफैं हुन् । सीमामा कडाइ नगर्नु, चोरबाटोबाट आएकाहरुलाई क्वारेनटाइनमा कडाइकासाथ नराखिनु, प्रादेशिक अस्पतालहरुलाई लथालिंग बनाइराख्नु र महामारीसँग भिड्नेगरी कुनै तयारी नगर्नु जस्ता कारणहरुले तीन तहका सरकारमा नै गम्भीरता देखिदैन ।

लकडाउनवाहेक कोरोना भाइरस सावधानी सम्बन्धी कुनैपनि कार्यक्रम सरकारसँग रहेको पाईंदैन । अन्य राजनीतिक दल समेत रमिते मात्र देखिएका छन् । प्रदेश सरकारहरु ‘बाँदर न पुच्छर, लौरो न हतियार’को अवस्थामा छन् । सत्तारुढ दल त झनै सत्ता संघर्षको दलदलमा अड्किएको छ । प्रधानमन्त्री बालुवाटारको चारघेराभित्र सीमित छन् । यस्तो अवस्थामा सरकारबाट ‘प्रिकसन’मा ध्यान जाने अवस्था न्यून छ । तर, अर्को बिकल्प नभएकाले सरकार नै सक्रिय हुन जरुरी छ । प्रधानमन्त्री पूर्णकालीन रुपमा सक्रिय हुनैपर्छ ।

खासगरी भारतको दिल्लीस्थित निजामुद्धिन मर्कसमा आयोजित धार्मिक भेलामा भाग लिनेहरूमा कोरोना संक्रमित पाइएपछि भारत सरकारले धरपकड सुरु ग¥यो । उक्त भेलाका आयोजकहरुमाथि ‘वारेन्ट’ समेत जारी गरियो । भारत सरकारले उनीहरुलाई अपराधी मान्दै खेद्न थालेपछि नेपालमा हाम्रो संगठनले २०७६ चैत २६ देखि पटक–पटक लेख र विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराईरहेको छ । नेपालका मस्जिद र मदर्शाहरुमा सयौं जमातीहरु लुकेर बसेका छन् भनेर हामीले खुलासा गर्दै तत्काल मस्जिद र मदर्शाहरु सिल्ड गरेर पिसिआर टेस्टकालागि अनुरोध गरेका थियौं । तर, सरकारले हाम्रो भनाईलाई सुनेन । आज त्यही यथार्थ सूचना नसुन्दा कोरोना भाइरसको माहामारी तेस्रो चरणमा फैलिएको यथार्थ हो ।

नेपालमा तब्लीगी जमातीहरुको कोरोना कनेक्सन

कोरोना संक्रमितहरुको संख्या नेपालमा ७५ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । दुःखको कुरा त के छ भने यी ७५ मा ५३ जना मुस्लिम समुदायका मानिसहरु रहेका छन् भने धेरैजसो भारतको दिल्लीस्थित निजामुद्धिन मर्कसमा भाग लिएर आएकाहरु रहेका छन् । यी ५३ को जिल्लागत अवस्था यस्तो रहेको छ ।

झापामा – १, उदयपुरमा २८, रौतहटमा – १, बारामा – २, पर्सामा ५ र बाँकेमा १६ जना मुस्लिम समुदायका मानिसमा कोरोना पोजेटिभ देखिएको छ । र, यो बढ्दो क्रममा रहेको छ । सरकारले समयमा नै स्वास्थ्य परीक्षणहरु नगर्दा लक्षण नदेखिएकाहरुवाट धेरैमा सर्ने संभावना रहेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा रहेको निजामुद्धिन मर्कसमा कट्टरपन्थी जमातीहरुको बृहत्तभेलावाट निस्केका धेरैमा कोरोना पोजेटिभ देखिएको थियो । केही समय अघिसम्म भारतमा कोरोना पोजेभिट देखिएका मध्ये २५ प्रतिशत संक्रमित सोही मर्कसमा सहभागीहरु थिए । यस्तो अवस्था भएपछि भारतीय सरकारले उनीहरुलाई धरपकड गर्नेदेखि ‘वारेन्ट’ जारी गर्ने कार्य गर्न थाल्यो । यहीक्रममा धेरै जमातीहरु सुरक्षित सेल्टर खोज्नेक्रममा खुला सीमानाका कारण चोरबाटो हुँदै नेपालका मस्जिद र मदर्शामा आइपुगेका हुन् ।

त्यसैगरी धेरै नेपाली जमातीहरु पनि सोही दिल्ली मर्कसमा सहभागी भएर फर्के । एउटा महत्वपूर्ण पक्ष भनेको दिल्ली मर्कसअघि नै नेपालमा भएको अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन ‘इस्तिमा’ को आयोजना र यसको विवादास्पद सहभागिता पनि हो । घटनाक्रमले पुष्टि गरेको विषय के हो भने, दिल्ली मर्कस भेलाको योजना र रणनीति नेपालको सप्तरीमा आयोजीत अन्तर्राष्ट्रिय धार्मिक सम्मेलनले गरेको थियो ।

नेपालमा कोरोना भित्र्याउने जग

नेपालको सप्तरी जिल्लामा पर्ने बोदे बर्साइन नगरपालिकाको वार्ड नं ५ जाँजर स्थित भाटिन गाऊँको खड्ग नदी किनारामा अन्तर्राट्रिय इस्लामिक सम्मेलन ‘इस्तिमा’ आयोजना गरिएको थियो । गत फागुन ३,४ र ५ गते आयोजित उक्त ‘इस्तिमा’मा नेपाल लगायत विश्वका १८ देशका तब्लिगी जमातीहरुको सहभागिता रहेको थियो । मुस्लिम समुदायभित्रको पनि सुन्नी समुदायसँग सम्बन्धित तब्लीगी जमाती थियो, त्यो । उनीहरु संसारमा नै कट्टरपन्थी मुस्लिम भनेर चिनिन्छन् । उनीहरुको संगठन विश्वका १ सय ९४ देशमा फैलिसकेको छ ।

सप्तरीको त्यस भेलामा उक्त जमातीका विश्व अध्यक्ष हजरत मौलान साद साहेब ९हाल भारतमा पक्राऊ परेका० प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

मुस्लिम कट्टरपन्थीहरुको सो सम्मेलनलाई सुरुमा गृह मन्त्रालयले भारतवाहेक अन्य देशका नागरिक अबैधरुपमा सप्तरी आएको भन्दै दुई पटक रोक लगाएको थियो । तर, पछि बालुवाटारको निर्देशनमा सम्मेलन सुचारु गरिएको थियो । बालुवाटारलाई दवाव दिएर सभा सुरु गराउनमा मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारी र २ नं प्रदेशका मूख्यमन्त्री मो।लालाबाबु राउत गद्धी लगायत सफल भएका थिए । समिम र लालबाबु मात्र होइन बालुवाटारलाई मनाउन भारतीय खुफिया एजेन्सीको पनि मध्यस्तता रहेको पुष्टि भइसकेको छ ।

स्मरणिय के थियो भने त्यसवेलासम्ममा चीनमा कोरोनाको प्रभाव तीब्र हुँदै युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियाका देशहरुमा छिरिसकेको थियो । यिनै कट्टरपन्थी धार्मिक ब्यक्तिहरु केही समयपछि दिल्लीको निजामुद्धिन मर्कस पुगेका थिए । दिल्ली मर्कसको भेला गर्ने डिजाईन् सप्तरीको त्यही सम्मेलनले गरेको पनि पुष्टि भइसकेको छ । अर्को पक्ष, सोही मर्कसवाट भागेर नेपाल भित्रने जग सप्तरीको त्यही सम्मेलनले तयार गरेको थियो ।

विचारणीय पक्ष के हो भने भारतमा हिन्दू कट्टरपन्थी भाजपाको सरकारले अल्पसंख्यक मुस्लिम धार्मिक समूदाय लगायतका विरुद्ध सीएए र एनआरसी जस्ता कानुनहरु लागु गरेपछि भारतभरी मुस्लिम र अन्य समुदायहरु सो कानुनका विरुद्ध आन्दोलनरत थिए । जारी आन्दोलनलाई थप उचाईमा पु¥याउन र भाजपा सरकार र संस्थापनलाई अस्तब्यस्त र कमजोर पार्ने रणनीति अन्र्तगत यी कट्टरपन्थी तब्लिगी जमातीहरु ‘इस्तिमा’ र अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन गरी भारत सरकारलाई घुँडा टेकाउने गुरु योजना अनुसार क्रियाशील भएको पुष्टि हुन्छ ।

९ बुँदे मागहरु

१. ‘रेडजोन’मा परेका जिल्ला वा स्थानहरुमा लक डाउनलाई अझ कडा पारिनुपर्छ । सीमाक्षेत्रमा कडाई, गृह प्रशासनको अझ क्रियाशीलता र सबै तहका सरकारको सक्रियता बढाउन जरुरी छ ।
(झापा, भोजपुर, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, धादिङ, काठमाडौं, बाग्लुङ, रुपन्देही, बाँके, कैलाली, कन्चनपुर र दार्चुलामा हालसम्म संक्रमित देखिएका छन् ।)

. लकडाउनका बाबजुद पनि नेपाल छिरेका जमाती वा अन्य सवैलाई स्क्रिनिङ, टेष्टिङ र ट्रयाकिङ गरेर कडाभन्दा कडा क्वारेन्टाइनमा राखिनु पर्दछ । (लक्षण नदेखिने हुनाले उनीहरुले अरुहरुलाई सार्ने संभावना बढी हुन्छ ।)

. तराईको कञ्चनपुरदेखि झापासम्म र उदयपुर, मकवानपुर, काठमाडौं उपत्यका, धादिङ, गोर्खा, कास्की, तनहु लगायतका मस्जित र मदर्शाहरु ‘सिल्ड’ गरी आशंकित मौलाना र जमातीहरुलाई सरकारी क्वारेन्टाइनमा राखिनु पर्दछ । सामूहिक रुपमा नमाज पढ्ने कार्यलाई रोकी घर–घरमा नै पढ्ने ब्यवस्था मिलाउनु पर्दछ ।

. क्वारेन्टाइन र आइसोलेशन मात्र होइन सम्पूर्ण स्वास्थ्य सामाग्रीहरु अनिवार्यरुपमा ‘डब्लुएचओ’को मापदण्ड अनुसार हुनुपर्छ ।
(हाल प्रयोग भइरहेका सामाग्रीहरुमा आम संका उत्पन्न भएका छन् ।)

. संक्रमितहरुको संख्या जुनसुकैवेला पनि बढेर जानसक्ने भएकाले आइसीयू र भेन्ट्रिलेटर मेसिनको ब्यवस्था पर्याप्त मात्रमा गर्नुपर्दछ ।

. पीसीआर टेष्टिङलाई ब्यापक र विश्वसनीय बनाउनु पर्छ । काठमाडौंको टेकु केन्द्रीत यो विधीलाई ७ प्रदेशमा त्यही स्तरमा स्थापित गर्नुपर्दछ ।

. स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनु पर्छ । उनीहरुकालागि आवश्यक स्वास्थ्य सामग्री र उपकरणमा कन्जुस्याँई गर्नुहुँदैन ।

. नेपालमा आजसम्म देखिएका कोरोना संक्रमितहरु मध्ये धेरैजसो सप्तरीको बोदेबर्साइन्मा रहेको ‘इस्तिमा’ र दिल्ली मर्कसमा आयोजित सभामा भाग लिएकाहरु रहेकाले नेपालमा महामारी फैल्याउने यसका योजनाकार, मतियार, संरक्षणकर्ताहरु, रणनीतिकारहरु लगायतलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ ।

. बालुवाटार र काठमाडौंमा बसेर सत्ताको बाँडफाँट, पार्टी फुटाउने, प्रधानमन्त्री बन्ने–बनाउने लगायतका कार्य बन्द गरेर सबैले एकैठाऊँ उभिएर कोरोना नियन्त्रणमा एक ढिक्का हुनुपर्छ ।

(किशोर विश्वास, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् ।)

Logo