कोरोनाका कारण साउदी अरेबियाको विदेशी मुद्रा सञ्चिती २० वर्ष यताकै न्युन

कोरोनाका कारण साउदी अरेबियाको विदेशी मुद्रा सञ्चिती २० वर्ष यताकै न्युन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण यतिबेला विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । अहिले विश्वको तेल उत्पादक मुलुकहरु मध्येको साउदी अरेबियाको अर्थतन्त्रमा पनि ठुलो संकट परेको हो । तेलको मागमा आएको कमीका कारण साउदी अरेबियाको अर्थतन्त्रमा ठूलो संकट आएकाले विदेशी मुद्रा सञ्चिती २० वर्ष यताकै सबैभन्दा न्युन अवस्थामा पूगेको छ । साउदी अरेबियाका अनुसार कोरोना भाइरस संक्रमण यता विदेशी सम्पत्ती ४ खर्ब ६४ अर्ब डलरले घटेको छ ।

साउदीका अर्थमन्त्री मोहम्मद अल जदानले तेल र गैरतेल क्षेत्रको राजस्वमा आएको गिरावटका कारण आफ्नो आर्थिक अवस्थामा यसरी गिरावट आएको बताएका छन् । उनका अनुसार आगामी त्रैमासमा यसको असर स्पष्ट रुपमा देखिनेछ । अहिले तेलको मूल्य प्रतिब्यारेल २० डलरमा झरेको छ । तर यसवर्षको सुरुवातमा ६० डलर थियो । अर्थमन्त्री अल जदानले अर्थतन्त्रमा ठूलो असर परेसँगै बजेट खर्चमा समेत कटौती गर्ने बताएका छन् । ‘कोरोना भाइरस संक्रमणका कारण अर्थव्यवस्थामा भएको क्षतिको सामना गर्न बजेट खर्चमा भारी कटौती गर्नेछ ।’ शनिबार अरेबिया टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् । त्यसका साथै मुलुकभित्रका मेगा प्रोजेक्टको बजेटमा पनि कटौती गर्न सक्ने उनले बताएका छन् । अर्थमन्त्री जदानका अनुसार कोरोनाका कारण अर्थव्यवस्थामा नराम्रो असर परेकाले यसलाई सुल्झाउन साउदी सरकार कडा कदम चाल्न बाध्य भएको छ ।

कोरोनाका कारण तेलको मूल्यमा आएको लगातारको गिरावटले साउदीमा पहिलो त्रैमासमा ९ अर्ब डलर बराबरको बजेट घाटा भएको छ । त्यसैगरी, दुई दशक यताकै न्युन विन्दुमा झरेको विदेशी मुद्रा सञ्चितीलाई सन्तुलनमा राख्न यस वर्ष २६ अर्ब डलर ऋण लिन सक्ने बताइएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुकहरुको अर्थव्यवस्था शिथिल बन्न थालेपछि अधिकांश मुलुकहरुले ऋण मागिरहेका छन् ।

अधिकांश मुलुकहरु लकडाउनको अवस्थामा छन् । जसका कारण उद्योग, व्यवसाय सबै ठप्प छन् । साउदी अरबमा पनि कोरोनाको संक्रमण रोक्न देशभर लकडाउन लागु गरिएको छ । लकडाउन भएसँगै अन्तर्राष्ट्रिय हवाइ सेवा ठप्प भएपछि गैरतेल राजस्व पनि प्रभावित भएको र अर्थतन्त्रमा ठूलो धक्का लागेको साउदी अरेबियाले जनाएको छ ।

Logo