इन्टरनेट र विजुलीको महसुलमा छुट बैशाख महिनाभर कायम हुने

इन्टरनेट र विजुलीको महसुलमा छुट बैशाख महिनाभर कायम हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइने भएको छ । नेपाल विद्युत प्राधिकरणले मासिक १५० यूनिटसम्म खपत गर्ने ग्राहकको विद्यूत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई समेत सरकारले निरन्तरता दिने निर्णय गरेको हो ।

मासिक २५० यूनिटसम्म विद्युत महसुल खपत गर्ने ग्राहकलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय समेत भएको छ । लकडाउन अवधिमा बन्द रहेका उद्योगको डिमाण्ड शुल्क छुट वा सहुलियत दिने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

विद्युत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको फागुन यता जेठसम्मको महसुल भुक्तानी ०७७ असार मसान्तसम्म बुझाएमा विलम्बबापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

विद्युत प्राधिकरणले तोकेको अवधि र समयमा उपयोग गर्ने उत्पादनमुलुक उद्योग प्रतिष्ठानहरुलाई सो अवधिमा खपत गरिएको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई समेत लकडाउन अवधिभर निरन्तरता दिने निर्णय सरकारले गरेको छ ।

Logo