रेडियो नेपालको बोर्ड सदस्य दीपक पाठक बिहिवार विहान पक्राउ परेका छन् ।
नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पाठक पक्राउ परेका हुन् । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा उजुरी दिएका थिए।
काउन्सिलले छानविनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।
उनीमाथि साइबर क्राइमको अभियोग छ ।





























प्रतिक्रिया