काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उस्तै छ। विवादकै बीच आज सचिवालय बैठक बोलाइएको छ ।
नेकपाका २० जना स्थायी समिति सदस्यले सरकारले ल्याएर पनि फिर्ता गराएको अध्यादेश प्रकरण छलफलका लागि स्थायी समिति र आवश्यक परे केन्द्रीय समिति बैठक समेत बोलाउन बैशाख १० गते माग गरेका थिए।
तर सचिवालयमा स्थायी समिति बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षबीच कुरा मिल्ने सम्भावना भने कम छ ।
बैशाख ८ यता नेकपाको पार्टी बैठक बस्न सकेको छैन । बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको हो ।































प्रतिक्रिया