पेचिलो बन्दै नेकपा विवाद, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार

पेचिलो बन्दै नेकपा विवाद, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन् । दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आआफ्ना सांसद जोगाउन लागेका हुन्।

ओलीले नेपालसँग पाँचवटा प्रस्ताव राखेर उनलाई मनाउने प्रयास गरेका थिए । नेपाल समूहले प्रस्ताव अस्वीकार गरेपछि ओली पक्षले बालुवाटारमा आफूपक्षका सांसदको भेला गरेको छ। यसबाट झस्किएका दाहाल र नेपाल पनि आफ्ना पक्षका सांसदसँग सम्पर्कमा छन्।

‘दाहाल र नेपालले आआफ्ना पक्षका सांसदलाई सम्पर्क राख्न निर्देशन दिएका छन् । उनीहरुले सबै क्षेत्रका सांसदलाई आफ्नो सम्पर्क राख्न एक एक जनालाई जिम्मेवारी दिएका छन्’, स्रोतले भन्यो। ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन् । ओलीले सोमबार र मंगलबार आफू पक्षीय सांसदलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

दाहाल समूहका सांसद देवेन्द्र पौडेलले सांसदहरु सधै सम्पर्कमै रहने भएकाले कोही कसैलाई सम्पर्क रहनुस् भनिरहनु नपर्ने बताए । ‘निर्वाचित सांसद र पार्टीका नेता सम्पर्कमै रहन्छन्। उनीहरुलाई कोही कसैले सम्पर्कमा रहनुस् भनिरहनु पर्दैन’, उनले भने। विवाद ओलीबाट सिर्जना भएकाले समाधान पनि उनले नै गर्नुपर्ने पौडेलले बताए । ‘विवाद जहाँबाट आयो त्यहींबाट समाधान गर्नुपर्छ । प्रधानमन्त्री ओलीबाट विवाद र समस्या आएकाले त्यहींबाट समाधान गर्नुपर्ने हो । त्यसैले स्थायी कमिटी बैठक माग गरिएको हो’, पौडेलले भने।

ओली पक्षले नेपाल पक्षसँग पार्टी सचिवालयमा हेरफेर गरी १५ सदस्यीय बनाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, वामदेव गौतमलाई सांसद बनाउने, मुख्यमन्त्री हेरफेर गर्ने र महाधिवेशनबाट नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेको थियो । तर नेपाल पक्षले उधारो प्रस्ताव अमान्य हुने र विधि तथा प्रक्रिया मिचेर ल्याइने प्रस्ताव स्वीकार्य नहुने जवाफ दिएका थिए । ‘माधव नेपालले सधै विधि र प्रक्रियाको कुरा गर्दै आएका छन् ।
नागरिकबाट

Logo