काभ्रे ।
कोभिड–१९ को सम्भावित जोखिमबाट हुन सक्ने महामारी रोक्नका लागि धुलिखेल अस्पतालले ‘कोभिड कोष’ स्थापना गरेको छ । अस्पतालमा कार्यरत सबै तहका स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीको सहयोगमा सो कोष खडा गरेको अस्पतालले जनाएको छ ।
कोषमा अहिले पहिलो चरणमा एक करोड छ हजार जम्मा भइसकेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताए । कोभिड–१९ को सम्भावित महामारी रोक्नका लागि अस्पतालमा कार्यरत सबै तहका स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीले सामाजिक उत्तरदायित्वको महसुस गरी कोभिड कोष निर्माण गरेको अस्पतालका प्रशासक श्रेष्ठले बताए । कोषमा अधिकृतदेखि माथिकोलाई महिनामा प्राप्त हुने तलबको २५ प्रतिशत र अधिकृतभन्दा मुनिको कर्मचारीले पाँच प्रतिशत कोषमा जम्मा गरेको उनले बताए ।
अस्पतालले आफ्ना १८ वडा शाखाबाहेक वाग्मती प्रदेशको चारवटा जिल्ला र प्रदेश नं १ को तीनवटा जिल्ला अस्पतालमा केही समस्या भएमा ती अस्पतालमा जनशक्ति सहयोग गर्नुपर्ने जिम्मा पाएको छ । यस अस्पताल कोभिड–१९ को स्वाब परीक्षण गर्ने टेकु अस्पतालपछिको बढी स्वाब परीक्षण गर्ने अस्पताल रहेको छ ।रासस































प्रतिक्रिया