काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषाप्रति रेडियो नेपालले क्षमा मागेकाे छ ।
रेडियोबाट सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिकारूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेकाे र उनले प्रधानमन्त्रीप्रति लक्षित गरेर बाेलेकाे अभिव्यक्तले दुखि तुल्याएकाे भन्दै रेडियोका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले क्षमा मागेकाे विज्ञप्तिमा उल्लेख छ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
अहिले सामाजिक सञ्जालमा रेडियो नेपाल र प्रधानमन्त्री ओलीको विराेध चर्किएको छ ।





























प्रतिक्रिया